मनोरञ्जन

अमेरिकाले पत्याएन आर्यन सिग्देललाई

अमेरिकाले पत्याएन आर्यन सिग्देललाई

aryan-sigdel

अमेरिकामा हुन गइरहेको ग्लोबल नेपाली फिल्म अवार्डमा अभिनेता आर्यन सिग्देल सहभागी हुन नपाउने भएका छन् । अर्थात, उनलाई यो पटक पनि अमेरिकाले भिसा रिजेक्ट गरिदिएको छ ।

यो समेत गरेर आर्यनको भिसालाई अमेरिकाले पाँचौ पटक रिजेक्ट गरिदिएको खबर आएको छ । अमेरिकाले भिसा नदिएपछि आर्यन अहिले सिक्किममा आयोजित इनास अवार्डमा पुगेको चर्चा चुलिएको छ । उनलाई त्यहाँ फिल्म ‘क्लासिक’ बाट उत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो ।

बाहिर चिनिएको नाम र उनको पासपोर्टमा भएको वास्तविक नाम नमिलेर अमेरिकाले उनलाई भिसा नपत्याएको अनुमान गरिएको छ । आर्यनको वास्ताविक नाम हरिस सिग्देल हो । तर, उनलाई नेपाली फिल्म उद्योगमा भने आर्यन नामले नै चिनायो ।

aryan sigdel

विशेष