मनोरञ्जन

पैसाकै लागि नाङ्गिएकी हुँ : सन्नी लियाेनी (भिडियोसहित)

पैसाकै लागि नाङ्गिएकी हुँ : सन्नी लियाेनी (भिडियोसहित)

एजेन्सी — अभिनेत्री सन्नी लियोनीमाथि बनेको वृत्ताचित्र ‘मोस्ट्ली सन्नी’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा सन्नीले आफ्नो पोर्नस्टारदेखि बलिउड अभिनेत्रीसम्मको यात्राकोबारेमा बताएकी छिन् । उक्त वृत्ताचित्र दिलिप मेहताको निर्देशनमा बनेको हो ।

हाल बलिउडमा अभिनेत्रीको नाममा प्रवेश गरेपनि सन्नीलाई अधिकांसले पोर्नस्टारकै नाममा चिन्ने गर्दछन् । सन् २०१४ मा सन्नी गुगलमा अत्याधिक खोजि गरिने महिलामा परेकी थिइन् ।

sunny

ओसामा बिन लादेनले समेत आफ्नो घरमा सन्नीको भिडियाहरु राखेर हेर्ने गरेको उक्त ट्रेलरमा देखाइएको छ । ट्रेलरमा देखाइएअनुसार ओसामा बिन लादेन सन्नीको ठूलो फ्यान थिए । भारतीकी रिटायर्ड पुलिस अफिसर डा. किरन बेदीले सन्नीले देखाएको नंग्नताले उनी मानव जाति नभएको संकेत गर्ने बताएकी छिन् ।

मानिसहरुले सन्नीप्रति गरेका चर्को आलोचनामा सन्नी कडा सुनिन्छिन् । आलोचनाहरुलाई चिर्दै उक्त ट्रेलरमा सन्नीले आफूले धेरै संघर्ष गरेको र अंग प्रदर्शन गरेर नै पैसा कमाएको बताएकी छिन् ।

ट्रेलरमार्फत सन्नीले आफू संसारलाई देखाउन र पैसा कमाउनका लागि निर्वस्त्र भएको बताएकी छिन् । यही काम गर्नमा आफूले महारथ हासिल गरेकोमा सन्नीको जोड रहेको छ ।

Sunny Leone

विशेष