खेल

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने
मंसिर - २ । अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ ।नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो । फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशि भएको खेल मानिन्छ । प्रतियोगितामा विजेता टोलीले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले राससलाई जानकारी दिए। क्लबका महासचिव पासाङ तामाङले यो वर्षको फुटबलमा भुटान, सिक्किम र दार्जिलिङका अन्तर्राष्ट्रियसहित नेपालका काठमाडौँ, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टोलीले भाग लिने भएका छन् । प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका तथा बाइबाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोबाइललगायतका कम्पनीले सहयोग गर्ने क्लबका उपाध्यक्ष दीपेन्द थापाले बताए। क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न फुटबल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगिता लागि रु २८ लाख खर्च हुने आयोजकले जनाएको छ । रासस

Falgunanda Gold cup

विशेष