खेल

अमेरिका ४ गोलले पराजित

अमेरिका ४ गोलले पराजित
मंसिर–२ । रुसमा हुने विश्वकप २०१८ को छनौट चरणमा कोस्टारिकाले उत्तर अमेरिकालाई पराजित गरेको छ । कोस्टारिकाले ४–० गोल अन्तरले अमेरिकालाई पराजित गरेको हो । america-football कोस्टारिकाको लागि जोल क्याम्पबेलले २ तथा जोहन भेनेगास र क्रिस्टियन बोलानोसले १–१ गोल गरे । जोहन भेनेगासले ४३ औँ मिनेटमा कोस्टारिकाको लागि अग्रता गोल गरेका थिए । यस्तै क्रिस्टियन बोलानोसले ६९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसपछि ७४ र ७७ औँ मिनेटमा जोल क्याम्बेलले २ गोल गर्दै खेल ४–० मा टुंग्याए । अमेरिकाले विश्व कप छनोटको १ खेलमा ४ गोल बेहोरेको यो सन् १९६८ यता पहिलो पटक हो । त्यति बेला अमेरिका क्यानडासँग ४–२ ले पराजित भएको थियो । ६ टीम सम्मिलित छनोट चरणमा दोस्रो हारसँगै अंकविहिन रहेको अमेरिका अंक तालिकामा पुछारमा छ । यता लगातार दोस्रो जित हात पारेको कोस्टारिका ६ अंकसहित शीर्ष स्थानमा छ । कोस्टारिकाले पहिलो खेलमा ट्रिनिडाड एण्ड टोवागोलाई पराजित गरेको थियो ।

America World Cup Selection Football

विशेष