मनोरञ्जन

कामना अवार्डस् मङसिर १८ मा

कामना अवार्डस् मङसिर १८ मा
मंसिर - २ । यस वर्षको कामना अवार्डस् यही मङसिर १८ गते काठमाडौँमा हुने भएको छ । कामना न्यूज पब्लिकेसन्स्को आयोजनामा हुने अवार्ड वितरण समारोहमा यो वर्ष थप एक नयाँ विधा थपिएको छ । kamana-awards-nepalaaja
‘लक्स पपुलर च्वाइस अवार्ड’ थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा अब ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । एसएमएस मतका आधारमा लक्स व्युटी स्टार छनोट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले अवार्ड हासिल गर्नुहुनेछ । अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको आयोजकको भनाइ छ । ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाएर विजेता चयन गरिनेछ । कामना अवार्डस्मा चलचित्र ‘नाइँ नभन्नु ल –४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यस्तै चलचित्र ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर छ’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधाको मनोनयनमा परेको छ । त्यसैगरी अवार्ड वितरण समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । साथै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक चलचित्र, कलाकार वा प्रविधिज्ञलाई जुरी अवार्ड प्रदान गरिनेछ । सङ्गीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । कामना अवार्डस् समग्र चलचित्र क्षेत्र र चलचित्रकर्मीमा समर्पित हुने आयोजक समितिका निर्देशक समेत रहेका कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए। विसं २०७१ सालदेखि सुरु भएको अवार्ड वितरण कार्यक्रम गत वर्ष गएको भूकम्पका कारण स्थगन गरिएको थियो । अब भने हरेक वर्ष अवार्ड वितरणलाई निरन्तरता दिइने आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले बताए। समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गरे । रासस

Kamana Awards

विशेष