समाज

सन्तान करले होइन, रहरले

सन्तान करले होइन, रहरले
मंसिर–२ । सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारको ४० औँ वार्षिकोत्सव मनाउन एक हप्ते कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको आयोजना गरिरहेको छ । family-planning उक्त अवसरलाई उत्सव भन्दा पनि विगतका उपलब्धी र यात्रालाई फर्केर हेर्ने उत्कृष्ट मौकाको रुपमा लिइएको विज्ञप्तिमा जनाएको छ । सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । मेरी स्टोप्स् इन्टरनेशनल एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबर पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौँ महिलाहरुलाई गर्भनिरोधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु विश्वभर २ करोड १० लाख महिलाहरुले प्रयोग गर्दै आएका छन् । मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका अनुसार – “हामी मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्यप्राप्तिमा हाम्रो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।” ८ नोभेम्बरबाट सुरु भई पार्टनरशिपले आफ्नो स्थापनाको ४० औं वार्षिकोत्सव १८ नोभेम्बरमा काठमाडौँस्थित मुख्य कार्यलयमा प्रमुख उत्सव मनाउने छ ।

Family Planning Marry stops

विशेष