खेल

दशरथ रङ्गशालाकाे पुनःनिर्माणले गति लिने

दशरथ रङ्गशालाकाे पुनःनिर्माणले गति लिने
मंसिर - २ । प्रधानमन्त्री दाहालले भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला पुनःनिर्माणको काम अघि बढिसकेको र छिट्टै सम्पन्न गरिने बताएका छन् । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उनले फुटबल लगायत खेल क्षेत्रको विकासका लागि विशेष योजना बनाएर सरकार अघि बढ्न लागेका बताएका हुन् । खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै उनले उक्त जितले नेपाल र नेपालीको मनोबल उच्च भएको पनि विचार व्यक्त गरे। त्यसैगरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कावा अध्यक्ष मणि कुँवरले क्षतिग्रस्त दशरथ रङ्गशालाको पुनःनिर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । नेपाली टोलीलाई सरकारले जनही रु तीन लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । नेपालले फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

dasarath rangasala

विशेष