कलर आईडी ब्लक गरेर प्राइभेट नम्बर बनाउने उपाय
तपाईँलाई निजी नम्बरबाट कहिले फोन आएको छ ? आयो भने कसले गर्यो थाहा पनि हुँदैन । कहिले काहीँ त अझ यस्तो अवस्था पनि आउँछ कि तपाईँलाई आफ्नो नम्बर दिन मन लाग्दैन तर पनि त्यस फोन नम्बरबाट फोन नगरी हुँदैन । कहिले त अझ केयौँ बाहना गरेर नम्बर लिएकै हुन्छन् । कोही साथीलाई विश्वास गरेर सम्पर्क नम्बर दिँदा पनि अरुलाई भनिदिने गर्छन् । तर चिन्ता नलिनुस् अब भने तपाईँको नम्बरबाट कसैलाई सम्पर्क गर्दा तपाईँको नम्बर थाहा पाउने छैनन् । यो उपायबाट तपाईँको नम्बरको ठाउँमा Private Number भनेर देखाइदिन्छ । यस उपायले तपाईँको कलर आईडी ब्लक गरेर प्राइभेट नम्बर बनाइदिन्छ । एन्ड्रोयिड ४.० वा त्यसभन्दा कम ओएस को लागिः –यसको लागि पहिला तपाईँलाई मोबाइलको सेटिङमा जानु पर्नेछ , –त्यसपछि तपाईँलाई कल अप्शनमा क्लिक गर्नुपर्ने हुन्छ, –फेरि एडिशनल सेटिङसमा गएर क्लिक गर्नुहोस्, –त्यसपछि हाईड नम्बर अप्शनमा क्लिक गर्नुहोस्, –यो सेटिङ परिवर्तन गरिसकेपछि सम्पर्क गर्नुभएको मोबाइलमा प्राइभेट नम्बर देखाउँछ । एन्ड्रोयिड ४.१ वा त्यसभन्दा बढी ओएस को लागिः – फोन एपलाई ओपन गरेर माथि देखाइएको ३ डटमा क्लिक गर्नुहोस, – त्यसपछि कल अप्शनमा गएर more options क्लिक गर्नुहोस्, – यसपश्चात् show my caller id गएर सेटिङ बदल्न सक्नुहुन्छ । आइफोनको लागि – सेटिङ अप्शनमा गएर फोन आईकनमा क्लिक गर्नुहोस्, – त्यहाँ तपाईँलाई show my caller id को अप्शन आउँछ त्यसलाई बन्द गरिदिनुस् । यसपछि तपाईँको नम्बर हाईड हुन्छ र सम्पर्क गर्नुभएको मोबाइलमा प्राइभेट नम्बर देखाउँछ । how to make private number in android private number