स्वास्थ्य

वीर, कान्ति र प्रसुति गृहमा विरामीले अब लाइनमा बस्नु नपर्ने

वीर, कान्ति र प्रसुति गृहमा विरामीले अब लाइनमा बस्नु नपर्ने

bir मंसिर ३ । स्वास्थ्य मन्त्री थापाको निर्देशनपछि वीर, कान्ति र प्रसुति गृहमा लाईनप्रथाको अत्य वीर अस्पतालमा पुग्ने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले मंसीर १ गतेबाट लागु हुने गरी टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीले मूक्ति पाउने भएका हुन । अस्पतालका नवनियुक्त निर्देशक डा।भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताएका छन् । स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाँउन घण्टौं लाइन बस्ने बाध्यताको अन्त्य गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका छन् ।

अस्पतालका निर्देशक डा। बस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिन भित्र डिजिटल नागरिक वडापत्र समेत राखिने भएको छ । वीरको डिजिटल नागरिक वडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाको जानकारी दिइने छ । अस्पतालमा आउने विरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, पैसा तिर्र्ने, एक्सरे गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउने लगायतको सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ ।

डिस्प्लेमा अस्पतालको इतिहासदेखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइने छ । अस्पतालले डाक्टरको नामवाली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने भएको छ । डिजिटल वडापत्रले अस्पतालमा उपचार गर्न आउने सेवागाह्रीलाई सजिलो हुने डा वस्नेतले विश्वास व्यक्त गरे । मन्त्री थापाले स्वास्थ्य मन्त्रालय सम्हालेपछि सबै सरकारी अस्पतालको लाइन व्यवस्थापन गर्न निर्देशन दिएका छन् । वीर अस्पताल बाहेक परोपकार तथा प्रसुति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्ज लगायतले समेत लाइन व्यवस्थापन गर्न टोकन प्रणाली लागु गरेका छन् ।

राजधानी

Bir Hospital

विशेष