प्रवास

अमेरिकामा अर्का नेपालीको निधन, शोकाकुल परिवारका लागि नेपाली समाजको सहयोग

अमेरिकामा अर्का नेपालीको निधन, शोकाकुल परिवारका लागि नेपाली समाजको सहयोग

Shiva मंसिर ३ । स्याङ्जा अलामदेबी कोटाकोट घर भइ अमेरिकाको उत्तरी क्यालिफोर्नियामा बस्दै आएका शिवप्रसाद पाण्डे (कृष्ण)को निधन भएको छ । श्रीमती र तीन सन्तानसहित क्यालिफोर्नियामा बस्ने शिब नेपाली समुदायमा प्रिय थिए । उनको निधनले नेपाली समुदायलाई ठूलो चोट र हानी पुगेको नेपाली समाज नर्थ क्यालिफोर्नियाले जनाएको छ । समाजका तर्फबाट पाण्डेका तीन सन्तानको अध्ययनका लागि सहयोग अभियान थालिएको छ । ‘४४ बर्षको उमेरमा निधन भएका शिब बाचुन्जेल अरुका लागि बाँचे । अब उनको परिवारका लागि हामीले केही सहयोग गरौँ ।’ अनलाइन सहयोग अभियानमा दिइएको विवरणमा उल्लेख छ ।

नेपालीलाई एक पछि अर्को गरी अमेरिकामा दुखद खबर सुन्नुपरेको छ । नर्सिङ अध्ययनरत २० बर्षिय निशा कार्कीको बुधबार निधन भएको थियो । धादिङ घर भइ काठमाडौँमा मजदुरी गर्ने कल्पना एकमात्र सन्तान निशाको निधनपछि अर्धचेत अवस्थामा छिन् । उनले छोरीको मुख हेर्ने इच्छा व्यक्त गरेपछि निशाको शब काठमाडौँ पठाउन नेपाली समुदायले अनलाइन सहयोग अभियान थालेको छ । निशा सानै छँदा पति गुमाएकी कल्पनाको अवस्था दहनिय छ ।

यसअघि जर्जियामा भएको कार दुर्घटनामा चार नेपालीको निधन भएको थियो । मृतकको परिवारको सहयोगार्थ थालिएको अभियानले लक्ष्यभन्दा बढी संकलन गरेको थियो ।

अमेरिकामा रहेका नेपालीले मर्दा र पर्दाका हामी नेपाली भन्ने भावलाई दह्रोसँग पकडेको टेक्सस नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने बताउँछन् । उनले पाण्डेलाई नेपालीका सहयोगीका रुपमा स्मरण गर्दै उनको परिवारको सहयोगका लागि सबैलाई आग्रह गरेका छन् । मृतक शिबको परिवारको सहयोगार्थ खलिएको गोफण्डमा यो लिंक क्लिक गरी जान सक्नुहुन्छ ।

https://www.gofundme.com/shiva-pandey-family-fund

Shiva panday

विशेष