मनोरञ्जन

सन्तानको खाेजीमा हमाल दम्पती

सन्तानको खाेजीमा हमाल दम्पती

rajesh-hamal

कुनै बेला राजेश हमाललाई सञ्चारकर्मीले विवाह कहिले गर्ने ? भन्ने जिज्ञासा राखेर हैरान बनाउँथे । लगन आएपछि जुरेपछि, समय आएपछि.. भन्दै हमाल सञ्चारकर्मीबाट पन्छिने प्रयास गर्थे । अन्ततः हमालले मधु भट्टराईलाई जीवन संगनी बनाए ।

अहिले हमालले वैवाहिक जीवन प्रारम्भ गरेकै २ वर्ष भैसक्यो । सामान्य मानिसको परिवारमा विवाह भएको केही वर्षपछि सन्तानका बारेमा सोधिखोजी हुन्छ । अभिनेता राजेश हमालका हकमा पनि यो कुरा लागु नहुने कुरै हुँदैन । हालै सिक्किम पुगेका हमाल दम्पतीलाई सञ्चारकर्मीले बुबा–आमा कहिले बन्ने ? भन्ने जिज्ञासा राख्न भ्याए ।

सञ्चारकर्मीको जिज्ञासालई ठट्यौली पारामा उनले जवाफ दिए ‘हामी दुईबाट तीन हुने प्रयास गरिरहेका छौं ।’ सञ्चारकर्मीले थप जिज्ञासा राख्नु अघिनै उनले भने ‘ ढुक्क हुनुहोस, हाम्रो जवानी बाँकी नै छ अर्थात हामी बुबा–आमा बन्न योग्य छौं ।’

साप्ताहिकबाट

Rajesh Hamal

विशेष