खेल

नेपाल र जापानबीच च्यारिटी खेल हुने

नेपाल र जापानबीच च्यारिटी खेल हुने
nepal-japan-charity-football मंसिर–३ । नेपालले जापानी टीम प्रेन्डस् अफ जापानसँग च्यारिटी फुटबल खेल हुने भएकाे छ । विश्वकप खेलिसकेका खेलाडीसहित जापानी टीम भखरै एएफसी सोलिडारिटी कप जितेर स्वदेश फर्केको टोलीबीच शनिबार दिउँसो २ बजे च्यारिटी खेल हुन लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जापानसँगको च्यारिटी खेलको तयारी पूरा भएको एन्फाले जनाएको छ । भूकम्प प्रभावितलाई सहयोग संकलन गर्न हुन लागेको खेलका लागि टीकट दर रु. १००० र रु. १५०० रुपैयाँ तोकिएको छ । टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले नेपाली खेलाडी सोलिडारिटी कप खेलेर केही गलेका भएपनि जितको उत्साह र घरेलु मैदानका कारण च्यारिटीका लागि उत्साही रहेको बताए । जापानी टीम पनि च्यारिटी म्याचको लागि बिहीबार नै नेपाल आइपुगिसकेको छ । नेपाली राष्ट्रिय टीमका प्रशिक्षक ग्योटुकी कोजीले नेपाली टीमले सोलिडारिटी कप जित्दा खुसी भएपनि टिमले अझै आफ्नो क्षमता अनुसार खेल्न नसकिरहेको बताएका छन् । जापानी टोलीसँग खेल्न लागेको नेपाली टिमका प्रशिक्षक पनि जापानी नै हुन् । फ्रेन्डस् अफ जापानको प्रशिक्षक जापानका पूर्वराष्ट्रिय डिफेन्डर काजुयूकी टोडाले गरेका छन् भने नेपाली टोलीको नेतृत्व पनि जापानी पूर्व राष्ट्रिय खेलाडी ग्यातुकी कोजीले गरेका छन् । नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसँग मिलेर खेल आयोजना गरेको हो ।
 

Nepal - Japan Charity Football Game Nepal Japan Charity Match

विशेष