खेल

एशिया कप टी–२०को लागि महिला टोलीको घोषणा

एशिया कप टी–२०को लागि महिला टोलीको घोषणा
मंसिर–३ । एशिया कप टी–२० महिला क्रिकेट प्रतियोगिता २०१६ को लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । थाइल्याण्डमा अर्को हप्ता हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)ले रुविना क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तान रुविनासहित इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सरीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन् । आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि–२० क्रिकेटमा नेपालले एशियाली टेस्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ । २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ ।
 

Asia Cup Selection Nepali Woman Cricket Team

विशेष