विपन्न महिलाले यसरी गर्दैछन् गाउँमै पर्याप्त आम्दानी
मंसिर - ३ । ठूलो उद्योग चलाउन पैसा छैन । यस्तोमा गाउँमा विपन्नले कसरी बाँच्ने ? कसरी आम्दानी गर्ने ? मलेखु (धादिङ) पिरलो नलाङ गाविस– ६ की जानुका दुवाडी तिमल्सिनालाई थियो ।
उद्यम गर्न पैसा नभएपछि परम्परागत कृषि पेसा अगाल्न बाध्य तिमल्सिनालाई खर्च धान्न समस्या थियो । उनीसँग सीप नहुँदा समस्या झन बढी थियो ।
युएनडिपी डेनिडाको सहयोगमा ‘हुरेन्डेक’ नामक गैरसरकारी संस्थाले गाउँमै महिलालाई समूह बनाइ होजियारी सामग्री वितरण गरेपछि अहिले तिमल्सिनाले गाउँमै आम्दानी गरिरहेकी छन्।
रु पाँच लाखको लागतमा होजियारी उद्योग सञ्चालन भएपछि आम्दानी गर्न सहज भएको हो । होजियारी उद्योग सुरु गरिएपछि गाउँका विपन्न महिलाले पर्याप्त आम्दानी गरिरहेका छन् ।
यस्तै २२ जना मौरीपालक कृषकलाई मौरीसहितको घार समेत वितरण गरिएको छ भने १३ महिलालाई अगरबत्ती बनाउने दुईवटा मेसिन र भवन समेत हस्तान्तरण गरिएको हुरेन्डेकका कार्यक्रम संयोजक शालिकराम दुवाडीले बताए ।
अगरबत्ती बनाउन प्रयोग हुने काउलो, सिन्का र गोल स्थानीयतवरमै उत्पादन गरी प्रयोग गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष विश्वराम दुवाडी बताए ।
नलाङ गाविसमा तरकारीखेती, कुखुरापालन, मौरीपालन, सिलाइबुनाइ, हाउस वयारिङ, मोबाइल मर्मत, ब्युटीपार्लर, कम्प्युटरलगायत गरी १३२ महिलालाई तालिम प्रदान गरिएको युएनडिपीका परियोजना संयोजक मीरा श्रेष्ठले जानकारी दिए । रासस
Nepali Woman Worker