मह वर्षकाे अाैपचारिक सुरुआत

मंसिर–३ । जाजरकाेटकाे मैदे गाउँबाट शुक्रबारदेखि मह वर्षको औपचारिक सुरुआत गरिएको छ ।
मह वर्ष मनाउने जिल्ला परिषद्को निर्णयसँगै शुक्रबारदेखि जिल्लाको भेरी नगरपालिका–१ को मैदेबाट प्रारम्भ गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण शाखाका प्रमोद नेपालीले बताएका छन् ।
अघिल्लो वर्ष जाजरकोटमा ४७ मेट्रिक टन मह उत्पादन भएको थियो । सेराना जातको मौरी जाजरकोटमा बढी पाइन्छ । मगरजातिको बाहुल्य भएको सो गाउँलाई ‘महगाउँ’ नामकरण गर्न यहाँका नागरिकले माग समेत गरेका छन् । मह उत्पादन र मौरीको संरक्षणका लागि विभिन्न तालिम, औजार उपलब्ध गराउनुपर्ने किसान शिला थापाले बताए ।
उद्घाटन कार्यक्रममा कृषक नैना राना, कले राना, राजेश विक र नरबहादुर रानालाई सम्मान गरिएको थियो । रासस
honey
honey farmer
Jajarkot