स्वास्थ्य

जाडाेमा रक्सि सेवन गरे मृत्यु हुने खतरा

जाडाेमा रक्सि सेवन गरे मृत्यु हुने खतरा
hypotharmia यो वर्ष छिटै जाडोयाम सुरु भएकाे छ । जाडोमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यसको लागि धेरै उपायहरु अपनाउने गरिन्छ । कतिपय मानिसले जाडोयाममा शरीर न्यानो बनाउन भनेर मद्यपान गर्ने गदर्छन् । यसरी मद्यपानको सहयोगमा शरीर न्यानो बनाउनुलाई चिकित्सकहरुले न्यानोको अनुभूति हुने गरेपनि त्यो भ्रममात्र भएको उल्लेख गरेका छन् । चिकित्सहरुका अनुसार मद्नयपानका कारण शरीर चिसो हुन्छ तर तातो होइन । यसैले यो मौसममा मद्यपान गरेर राति बाहिरै चिसोमा ढलेकाहरुलाई शीताङ्ग (हाइपोथर्मिया)ले गर्दा भोलिपल्टसम्म मृत्यु हुन पनि सक्छ । चिसो मौसममा हाम्रो शरीरमा मुटुको चालमा वृद्घि हुन्छ । शरीरका मांसपेशीहरुले प्रत्येक अंगलाई न्यानो बनाई राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो समयमा रक्त प्रवाहसमेत कम हुन्छ । जसका कारण खुट्टा र हत्केलामा चिसोको अनुभूति हुन्छ । यस्तो समयमा मद्यपान सेवन गर्दा हात र खुट्टाका रक्तनलीहरू फैलिन थाल्छन् । जसबाट मद्यपान सेवनकर्ताहरुमा हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ । भ्रमका कारण रक्सी खाएर सडकमै आफूलाई समाल्न नसकेर ढलेकाहरुलाई हाइपोथर्मिया भइ ज्यान पनि गुमाउन सक्छन् ।हाइपोथर्मियाका कारण नेपालमाा बर्सेनी धेरै मानिसहरुको ज्यान गएको छ ।
हाइपोथर्मियाका लक्षण : –चिकित्सकहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम भएमा हातलाई काम गर्न असजिलो हुने र शरीर थाकेको अनुभव हुन्छ । –दुईदेखि चार डिग्रीसम्म तापक्रमकम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् । –शरीर पहेंलो हुँदै जाने, ओठ र कान नीलो देखिन थाल्ने आदि हुने गर्दछ । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । –यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन् ।
यसबाट बच्ने उपायहरु : –जाडो याममा प्रशस्त झोल पदार्थ र पानी खानुपर्छ, – मदिरा सेवन नगर्ने यदि गरीहालेमा घरभित्रै न्यनो वातावरणमा बसेर सेवन गर्ने । – धेरै समय चिसोमा नबस्ने ।

Alcohol hypothermia

विशेष