समाज

न्यायपालिकामा प्रवेश गर्न महिलालाई आह्वान

न्यायपालिकामा प्रवेश गर्न महिलालाई आह्वान
म‌ंसिर–३ । प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा सेवाग्राहीको मुद्दा छिटो, छरितो र न्यायपूर्ण तरिकाले फछ्र्याेट गर्न आफूहरु लागिपरेको बताएकी छिन् । सप्तरीमा उच्च अदालत जनकपुर–राजविराज इजलासको निरीक्षण गर्ने क्रममा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा पनि समानुपातिकता र समावेशिता हुनु आवश्यक रहेको र महिला पनि न्यायपालिकामा प्रवेश गर्न जागरुक बन्नुपर्नेमा जोड दिए । 'महिलालाई घुम्टो ओढाई घरमा बसालेर नपढाउनु र समावेशिता खोज्नु न्यायसङ्गत हुँदैन,' एक प्रसङ्गमा उनले भने,'कुनै पनि व्यक्ति न्यायालयमा प्रवेश गरिसकेपछि ऊ कुनै राजनीतिक आस्थामा रहेको भए त्याग्नुपर्छ ।' रासस

Saptari Sushila Karki

विशेष