खेल

विराटको इंग्ल्याण्डविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शनपछि दास्रो नयाँ कीर्तिमान

विराटको इंग्ल्याण्डविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शनपछि दास्रो नयाँ कीर्तिमान

biratमंसिर–४ । भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीले यो वर्ष व्यक्तिगत नयाँ कीर्तिमान बनाएका छन् । उनले विशाखापट्टन क्रिकेट मैदानमा इंग्ल्याण्डविरुद्ध चलिरहेको दास्रो टेस्टमा १६७ रनको पारी खेलेसँगै नयाँ कीर्तिमान बनाएका हुन् ।

उनले एक वर्षमा टेस्ट, एक दिवसीय र टी–२० तीनै प्रारुपका क्रिकेटमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन् । विराट कोहलीले इंग्ल्याण्डविरूद्ध दोस्रो टेस्टमा १६७ रन बनाएसँगै यो वर्ष टेस्ट क्रिकेटमा खेलेको ९ खेलबाट १३ पारीमा २ दोहोरो सतक र ३ सतकसहित ८१६ रन बनाए ।

यस्तै वान डेमा विराटले यो वर्ष १० खेलबाट ७३९ रन बनाए । जसमा ३ सतक र ४ अर्धसतक समावेश छ । ट्वान्टी–२० फर्म्याटमा यो वर्ष १५ खेलबाट ६४१ रन बनाएका छन् । जसमा ७ अर्धसतक समावेश छ । उनले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको चौथो दिनमा पनि कीर्तिमान रचेका थिए । तर त्यो कीर्तिमान भने उनले चाहेको कीर्तिमान थिएन । उक्त कीर्तिमानमा विराट ६७ वर्षयता हिट विकेट गरेर आउट हुने पहिलो टेस्ट कप्तान बनेका हुन् ।

विशेष