राज्यले गरेको दोष सच्चाउन कति समय लाग्छ ?
मंसिर - ४ । दीपा गौतम आफ्नो निद्रोष श्रीमान्को रिहाइको माग गर्दै काठमाडौँस्थित बानेश्वरमा धर्नामा बसेको दुई महिना पुगेको छ । उनी आफ्नो श्रीमान् विश्वनाथ गौतमले झुटो मुद्दामा विगत छ वर्षदेखि जेल जीवन विताउनु परेको भन्दै रिहाइको लागि दवाव दिन विगत दुई महिनादेखि आन्दोलित बनेकी हुन् ।
शनिबार दिउँसो बानेश्वरमा जुलुस निकाल्दै आफ्नो निद्रोष श्रीमान्को छिटो रिहाइ गर्न माग गरिन् । गौतम परिवारले न्याय नपाएको भन्दै सयौँ समर्थक उनको सर्मथनमा जुलुसमा सहभागी भएका थिए । धन हुने काठमाडौँमा कति अपराधीहरु खुलेआम छातीफुलाएर हिँड्ने तर गरीब जनतालाई मात्र ऐन लाग्ने ? उनले सरकारसँग प्रश्न गरिन् । उनले सम्पूर्ण कैदीबन्दीहरुले सरकारी बिदा पाउनु पर्ने नयाँ माग राखेकी छन् ।
झुठो मुद्दाको अभियोगमा विगत ६ वर्षदेखि विशवनाथ गौतम जेलमा छन् । नख्खु जेलमा २०६८ साल असार ३ गतेदेखि विश्वनाथ गौतम जेलमा छन् । उनका पत्नी दीपा अनुसार, विश्वनाथलाई युनिटी लाइफ इन्टरनेसनल कम्पनीको सञ्चालकको रुपमिा युनिटि प्रकरणमा दोषी देखाई राज्य पक्षबाट फसाइएको छ ।
आफ्ना पती कम्पनीको निर्देशकको रुपमा जागिरे जीवन बिताएको उनले बताइन् । विश्वनाथ उक्त कम्पनीमा काम गर्न थालेको करिब ४ महिना मात्र भएको थियो । ४ महिना नबित्दै उक्त कम्पनीले जनताको पैसा ठगी गरेको आरोपमा छानबिन प्रकरण सुर गर्यो । छानबीन पछि कम्पनीका सञ्चालकलाई ठगीको आरोपमा राज्य पक्षले ६ वर्ष जेल र ३ करोड जरिवानाको फैसला गर्यो ।
चार महिना अघिमात्र जागिरेको रुपमा काम गर्न पुगेका विश्वनाथले सरकारले उक्त कम्पनीको छानविन गरेपनि जनताको पैसा कसैले चलाउनु नपाउने, ठगी गर्ने सञचालकहरुले जरिवाना तिरेपछि जनताको पैसा बुझाउने माग गरेका थिए ।
उक्त कम्पनिमा करिब ५० जना जति निर्देशक छन् । तर, विश्वनाथ गौतमकै नाम सञ्चालकमा कसरी आयो भन्ने नेपाल आजको प्रशनमा विश्वनाथकी छोरीले भनिन्, ‘बुबाले जनताको पैसा जनतालाई दिनुपर्छ त्यसकारण कमपनीको पैसा सरकारले चलाउनु पाउँदैन भन्नुभएको थियो । तर, बुबा र अन्य सञ्चालकलाई जेल हालेको ६ वर्ष बितिसक्यो अहिलेसम्म पनि ठगिएका जनताले पैसा पाएका छैनन् ।’ यसमा नै ठूलो षड्यन्त्र लुकेको उनले बताइन् ।
विभिन्न प्रमाणहरुको पेश भएपछि गृहमन्त्रालय, कानून मन्त्रालय स्वयंले विश्वनाथ गौतमको रिहाई गर्नुपर्ने प्रमाण पेश गरिसकेका छन् । तर, सुशील कोइरालादेखि केपी ओलीको सरकार आएर ढलिसक्यो तैपनि सिफारिस गरिएको उक्त प्रमाण कार्यन्वयन भएको छैन ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल तथा भु.पु. प्रधानमन्त्रीहरु के.पी शर्मा ओली, झलनाथ खनाल, स्वर्गीय सुशिल कोइराला लगायतले उनीमाथि भएको अन्याय सच्याइन्छ भनेर वचन दिए पनि दीपाले र उनका परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।
Baneshawor Bishwonath Gautam deepa gautam Min Bhawan
Baneshawor Bishwonath Gautam deepa gautam Min Bhawan