खेल

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबलकाे पहिलो हाफ बराबरीमा

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबलकाे पहिलो हाफ बराबरीमा
nepal-japan-charity-football मंसिर - ४ । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल पहिलो हाफ बराबरीमा सकिएको छ । फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी छन् । नेपालले भने भखरै एएफसी सोलिडारिटी कप जितेर स्वदेश फर्केको हाे । गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले फ्रेन्ड्स अफ जापानसँग प्रतिस्पर्धा गरिराखेको छ । टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले नेपाली खेलाडी सोलिडारिटी कप खेलेर केही गलेका भएपनि जितको उत्साह र घरेलु मैदानका कारण च्यारिटीका लागि उत्साही रहेको बताए । जापानी टीम पनि च्यारिटी म्याचको लागि बिहीबार नै नेपाल आइपुगिसकेको हाे । नेपाली राष्ट्रिय टीमका प्रशिक्षक ग्योटुकी कोजीले नेपाली टीमले सोलिडारिटी कप जित्दा खुसी भएपनि टिमले अझै आफ्नो क्षमता अनुसार खेल्न नसकिरहेको बताएका छन् । जापानी टोलीसँग खेल्न लागेको नेपाली टिमका प्रशिक्षक पनि जापानी नै हुन् । फ्रेन्डस् अफ जापानको प्रशिक्षक जापानका पूर्वराष्ट्रिय डिफेन्डर काजुयूकी टोडाले गरेका छन् भने नेपाली टोलीको नेतृत्व पनि जापानी पूर्व राष्ट्रिय खेलाडी ग्यातुकी कोजीले गरेका छन् । नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसँग मिलेर खेल आयोजना गरेको हो ।

Nepal Japan Charity Game

विशेष