मनोरञ्जन

लुलियाको नयाँ खुलाशाः सलमानसँग विवाह नगर्ने

लुलियाको नयाँ खुलाशाः सलमानसँग विवाह नगर्ने
luliya-salman
मंसिर – ४ । बलिउड अभिनेता सलमान खान र उनकी प्रेमीका लुलिया भान्तुरको विवाह नहुने भारतीय मिडियाले जनाएको छ । सलमान खानकी रोमानियन प्रेमीका लुलिया भान्तुरले रोमानियाको मिडियासँग कुरा गर्ने क्रममा यो कुरा खुलाएकी हुुन् । लुलियाले आफ्नो र सुपरस्टार सलमान खानको संस्कृति फरक भएको कारण विवाह नगर्ने बताइन् । आफ्नो भिसा रिनो गर्ने बहानामा रोमानिया पुगेकी लुलिया अब भारत नफर्किने बताइएको छ । ३६ वर्षीय लुलिया रोमानियाकी चर्चित टेलिभिजन होस्ट र अभिनेत्री हुन् । हालै उनले सफल महिलाको अवार्ड पनि पाएकी छिन् । ५० वर्षी अभिनेता सलमान खानसँगको सम्बन्धका बारेमा लुलियाले खुलेर भने बोल्न चाहिनन् । आफूले सुटुक्क कसैसँग सम्बन्ध गाँसेको हो, भन्ने मिडियाको प्रश्नमा लुलियाले, आफू पहिल्यै विवाहित भएको र श्रीमानलाई विगतमै छोडेको तर भारतमा रहँदा भने कसैसँग विवाह नगरेको बताइन् । भारतमा आफू बस्दाको अनुभव बारे बोेल्दै लुलियाले भारतका मानिसहरुको सोच, उनीहरुको संस्कृति एदम फरक भएको बताइन् । घरमा धेरै व्यक्तिसँग बस्नुपर्ने हुनाले आफ्नो गोप्यता नहुने कुरामा लुलियाले आपत्ति जनाइन् । लुलियाको पछिल्लो अन्तर्वातामा उनले अब भारत गए पनि छुट्टि मनाउनको लागिमात्र जाने बताइन् । –एजेन्सी
 

Salman Luliya

विशेष