मनोरञ्जन

पेरिसमा टियर ग्यास आक्रमण परेपछि मल्किाकाे यस्तो प्रतिक्रिया

पेरिसमा टियर ग्यास आक्रमण परेपछि मल्किाकाे यस्तो प्रतिक्रिया
mallika-serawat
मंसिर – ४ । पेरिसमा टियर ग्यासको आक्रमणमा परेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले उक्त घटनाकोबारे बोल्दै आफू निकै बलियो महिला भएको बताइन् । ४० वर्षीय मल्लिकालाई पेरिसमा मास्क लगाएर आएका ३ जना अज्ञात ब्यक्तिले हातपात गरेका थिए । मल्लिका र उनीसँगै रहेका एक पुरुषलाई टियर ग्यास फालेर कुटेकाको खबर सामाजिक सञ्जालमा व्यापक भएको थियो । यो विषयमा बोल्दै मल्लिकाले आफूलाई ती ३ जना मानिसले पनि ढाल्न नसेकेकोले आफू एकदमै बलियो भएको बताइन् । यो घटनालाई लिएर बनेका विभिन्न रिपोर्ट अनुसार आक्रमणकारीहरुले मल्लिका र उनीसँगै भएका पुरुषलाई एक शब्द पनि नबोली टियर ग्यार छर्केपछि अज्ञात समूहका ब्यक्तिहरले उनीहरमाथि मुक्का बर्साएका थिए । केही समयअघि मल्लिकालाई आक्रमण गरेकै ठाउँ पेरिसको गनपोइन्टमा हलिउडी टेलिभिजन स्टार किम कारदर्शीयनलाई पनि लुटिएको थियो । त्यो घटना नसेलाउदैँ त्यहि ठाउँमा मल्लिकामाथि पनि आक्रमण भयो । – एजेन्सी
 

Mallika serawat

विशेष