समाज

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित
nepal-sarakar-logo मंसिर - ४ । आन्तरिक राजस्व कार्यालय लहानमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुदाँ राजस्व सङ्कलनका साथै बजार अनुगमन प्रभावित भएको छ । कार्यालयका कम्प्युटर अधिकृतसहित १० कर्मचारी एकैपटक गत भदौको पहिलो साता सरुवा भएको तर त्यो स्थानमा हालसम्म कर्मचारी पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही र बजार अनुगमनसमेत प्रभावित भएको हो । कार्यालयमा कुल १८ जना कर्मचारीको दरबन्दी भए पनि हाल आठजना कर्मचारी मात्र कार्यरत रहेको कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले बताए । कार्यालयमा एकजना कम्प्युटर अधिकृतको दरबन्दी भए पनि हाल त्यो पदमा कर्मचारी छैन्, प्रमुख अधिकारीले भने – 'कार्यालयमा नौजना नायब सुब्बाको दरबन्दीमा अहिले एक जना छन्, लेखापाल पद समेत रिक्त छ ।' एकै पटक लामो समयसम्म ठूलो सङ्ख्यामा कर्मचारी रिक्त हुदाँ कार्यालयबाट हुने सेवाका साथै बजार अनुगमन, कार्यालयको अभिलेख तथा कर सङ्कलनलगायतका सम्पूर्ण काम प्रभावित भएको प्रमुख अधिकारीको भनाइ छ । कर्मचारीको अभाव हुँदा दुई÷तीन महिनादेखि बजार अनुगमन हुन सकेको छैन् भन्ने लेखापाल नहुँदा कर्मचारीले तलब समेत पाउन नसकेको गुणासो उनको छ । आवश्यकता अनुसारको कर्मचारी नहुँदा कार्यालयमा आउने सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न समस्या भइरहेको बताउँदै प्रमुख अधिकारीले रिक्त दरबन्दीमा कर्मचारी पठाउन पटक÷पटक विभाग र मन्त्रालयमा ताकेदा गर्दा समेत हालसम्म नपठाएको गुनासो गरे। रासस

lahan Nepal Sarakar

विशेष