खेल

नवयुगकाे गोलले जापानमाथि नेपालकाे जीत

नवयुगकाे गोलले जापानमाथि नेपालकाे जीत
football
मंसिर – ४ । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबलमा नेपाल जापानका विरुद्ध १-० काे अन्तरले विजयी भएकाे छ । जापानविरुद्ध नवयुग श्रेष्ठले गाेल गरेका हुन् । पहिलो हाफ बराबरीमा सकिएको छ । फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी छन् । नेपालले भने भखरै एएफसी सोलिडारिटी कप जितेर स्वदेश फर्केको हाे । गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले फ्रेन्ड्स अफ जापानसँग प्रतिस्पर्धा गरिराखेको छ ।
 

Nepal Japan

विशेष