मनोरञ्जन

लुलियालाई सलमानले छोटा लुगा नलगाउ भनेपछि...

लुलियालाई सलमानले छोटा लुगा नलगाउ भनेपछि...

भारत छाडेर रोमानिया पुगेकी भारतीय बलिउड स्टार सलमान खानकी पूर्व प्रेमीका लुलिया वन्तुरले आफूले भारतमा धेरै कुरा सिकेको बताएकि छन् । सलमान र लुलियाको ब्रेकअप भएको समाचार सार्वजनिक भएलगत्तै उनले यो अभिव्यक्ति दिएइकी हुन यसले उनिहरुको पुनर्मिलन हुने संकेत देखिएको छ ।

भारतमा गएर मैले धेरै कुरा सिके, उनले भनिन् । आफूले प्राय छोटो लुगा लगाएर हिँड्ने गरेको प्रसंगमा उनले भनिन् ‘गल्लीमा हिँडदा छोटो लुगा नलगाऊ भनेर मलाई सलमानले सिकाए । उनले सिकाएको आइडिया मन पर्यो ।’

साथै उनले एउटै घरमा बस्ने भारतीय समाजको पनि प्रशंशा गरिन् । सलमानकी आमा र बहिनीले प्रेमपूर्वक आफूलाई माया गरेको उनले पटक पटक सम्झना गरिन् । हामी बाबुआमा, छोराछोरी कहिल्यै भेट्दैनौं तर, भारतमा अहिले पनि सबैजना एउटै घरमा बस्छन् । उनले भनिन् ।

त्यसो त उनले हिन्दी गीत सिक्नुको साथै डान्स समेत गरेको बताइन् । लुलिया रोमानियाकी प्रसिद्ध मोडल एवं कार्यक्रम प्रस्तोता हुन् ।

Luliya vantur salman khan

विशेष