देश

चोयाको सामान बनाएर जीविकोपार्जन

चोयाको सामान बनाएर जीविकोपार्जन
मंसिर - ६ । म्याग्दीको लुलाङ गाउँका बासिन्दाले जङ्गलमा पाइने चोयाबाट घरेलु सामान निर्माण गरेर जीविकोपार्जन गर्दै आएका छन् । लुलाङका अधिकांश बासिन्दा जङ्गलमा पाइने निगालोबाट चोया निकालेर डोका, डाला, थुन्से, भकारी, नाम्लोलगायतका सामान बनाउने गर्छन् । जिल्लाको सबैभन्दा ठूलो दलित समुदायले बसोवास गर्ने लुलाङका अधिकांश बासिन्दाको मूख्य पेसा नै चोया व्यवसाय हो । उच्च पहाडी क्षेत्रमा कम मात्रामा अन्नखेती हुने भएकाले परम्परादेखिनै चोया व्यवसायलाई आगालेका उनीहरुले निर्माण गरेका सामान अन्नसँग साटेर घरखर्च चलाउने गर्दै आएका हुन् । पैतिस वर्षदेखि चोयाका सामान बनाउँदै आएका लुलाङ– ८ का तुलप्रसाद बिकले अहिले भने चोयाको सामान बनाउने पेसा व्यवसायिक बन्न थालेको बताए । पहिले आफूले बनाएका सामान बिक्री गर्न म्याग्दी, बागलुङ र पर्वतका गाउँ÷गाउँ डुल्नुपथ्र्यो तर अहिले सामान किन्न ग्राहक गाउँमै आउन थालेपछि अझ व्यस्त हुनुपरेको उनले बताए । पहिले अन्नमा साटिने सामान अहिले नगदमा बिक्री हुने गरेको उल्लेख गर्दै व्यवसायी बिकले एउटा डोकालाई रु २५० देखि रु ५०० र थुन्सेलाई रु ८०० सम्ममा बिक्री गर्ने गरेका छन् ।

doka Dala

विशेष