खेल

म्यानचेस्टर युनाइटेडको खेल बराबरी, सिटी विजयी

म्यानचेस्टर युनाइटेडको खेल बराबरी, सिटी विजयी
मंसिर–५ । जारी प्रिमियरलिग अन्तर्गत शनिबार भएको म्यानचेस्टर युनाइटेड र आर्सनलबिचको खेल बराबरीमा सकिएको छ । म्यानचेस्टर युनाइटेडका जुआन माटाले खेलको ६८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर बल नियन्त्रण धेरै भएको आर्सनलका ओलिभर जिराउडको ८९ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । यस्तै म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । सिटीका लागि याया टुरेले ३९ औँ र ८३ औँ मिनेटमा गोल गरे । क्रिष्टलको लागि भने ६६ औँ मिनेटमा कोनर विकह्यामले एक गोल फर्काउन सफल भएका थिए । यसका साथै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । म्यानचेस्टर युनाइटेड १२ खेलमा १९ अंकका साथ छैटौँ स्थानमा छ भने आर्सनल २५ अंकका साथ चौथो स्थानमा छ । दास्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ अंक भएको छ भने क्रिष्टल प्यालेस ११ अंकका साथ सोह्रौँ स्थानमा रहेको छ ।

arsenal crystal palace manchester city Manchester United

विशेष