खेल

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक
मंसिर–५ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० गोलको अन्तरले हराएको हो । रोनाल्डोले २३ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि ७१ औँ मिनेटमा पेनाल्टी ७७ औँ मिनेटमा पुन गोल गर्दै रोनाल्डोले रियलको जित निश्चित बनाए । रोनाल्डोले यसका साथै आफ्नो खेल जीवनको ३९ औँ ह्याट्रिक पूरा गरेका छन् । जितसँगै १२ खेलबाट ३० अंक भएको रियल मड्रिडल शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड १२ खेलबाट २१ अंकसहित पाँचौं स्थानमा छ ।

athletico madrid Real Madrid Ronaldo

विशेष