खेल

९ खेलाडीमा सिमित टिमसँग बार्सिलोनाको गोलरहित खेल

९ खेलाडीमा सिमित टिमसँग बार्सिलोनाको गोलरहित खेल
मंसिर–५ । स्पेनिस ला लिगामा बार्सिलोनाले र मालागासँग गोलरहित बराबरी खेलेको छ । साविक विजेता बार्सिलोना घरेलु मैदानमा ९ खेलााडीमा सीमित भएको मालागासँग बराबरीमा रोकिएको हो । लियोनल मेस्सी र लुइस स्वोरेजबीना मैदानमा उत्रिएको बार्सिलोनाले जित निकाल्न सकेन । मेस्सी बिरामी भएका कारण र स्वारेज निलम्बनका कारण खेलमा थिएनन् । बार्सिलोनाका जेराड पिकेले गोल गरेपनि अफसाइड भएकाले गोलको मान्यता पाउन सकेन र खेल गोलरहितमै रोकियो । ६८ औँ मिनेटमा लोरेन्टे रिओस तथा इन्जुरी समयमा पेरेज लोपेजले रेड कार्ड पाएर मैदानबाट बाहिरिएपछि मालागा ९ खेलाडीमा सिमित भयो तर बार्सिलोनाले त्यसको फाइदा भने उठाउन सकेन । गोलरहित बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको १२ खेलबाट २६ अंक छ ।

Barcelona la liga malaga

विशेष