खेल

युरोपियन लिगमा सन् २००० मा जन्मेका खेलाडी बनेर कीर्तिमान

युरोपियन लिगमा सन् २००० मा जन्मेका खेलाडी बनेर कीर्तिमान
moise-kean
मंसिर– ६ । युरोपियन लिगमा इटालियन क्लबका एक खेलाडीले कीर्तिमान बनाएका छन् । इटालियन क्लब युुभेन्टसका मोइस किन्ले डेब्यु गरेसँगै कीर्तिमान बनाएका हुन् । उनले युरोपका प्रमुख चार लिग : प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा र इटालियन सिरी ए मध्ये एकमा खेल्ने सन् २००० मा जन्मिएका पहिलो खेलाडी बनेर इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा डेब्यु गरेका हुन् । यसअघि सिरी एका पाँच खेलमा बेन्चमा बसेका १६ वर्षे किन् पेस्कारासँगको खेलमा मारियो मान्जिकीलाई प्रतिस्पाधन गर्दै मैदान छिरेका हुन् । उनी खेलमा ६ मिनेट बाँकी हुँदा मैदानमा छिर्ने मौका पाएका हुन् । उक्त खेलमा युभेन्टस ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानमा रहेको युभेन्टसको १३ खेलबाट ३३ अंक रहेको छ ।
 

Moise Kean

विशेष