इतिहासमा आज

आज विश्व टेलिभिजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाँइदै

आज विश्व टेलिभिजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाँइदै

मंसिर ६ । विश्व टेलिभिजन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाइदैछ । १७ डिसेम्बर सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिन यो दिवस मनाउन लागिएको हो ।

world-television-day

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधि अहिले शसक्त सञ्चार माध्यम बनेको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । त्यस पछि खुलेका नेपाली टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

World TV day

विशेष