समाज

बौद्धनाथ स्तुपमा चिनियाँ लामाद्धारा विशेष क्षमा पूजा सम्पन्न

बौद्धनाथ स्तुपमा चिनियाँ लामाद्धारा विशेष क्षमा पूजा सम्पन्न

puuja मंसिर ६ । विश्व सम्पदा सूचिमा सुचिकृत बौद्धनाथ स्तुप जिर्णोद्धार भएको अवसरमा तीन दिने विशेष क्षमा पूजा सम्पन्न भएको छ । बौद्ध घ्याङ गुठीका प्रमुख चिनियाँ लामा औतारी धर्म गुरु भूपति बज्र लामाद्धारा विशेष पूजा अर्चना सम्पन्न भएको हो । बौद्धनाथ परिसरमा मंसिर ३ गतेबाट सुरु भएको विशेष क्षमा पुजाको आइतावार अन्तिम दिन अजिमादेवी माताको विशेष पूजाआजाको साथ सम्पन्न गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ स्तुप जिर्णोद्धार भएको अवसरमा प्राण प्रतिष्ठा पुजाको आयोजना गरेको थियो । बौद्ध धर्मावलम्बीले ठूलो आस्थाका रुपमा मान्ने चैत्यको विभिन्न भागमा जीर्णोद्धारका क्रममा कुल्चिएका तथा जानी-नजानी विभिन्न दोषपूर्ण गरिएका कार्यबाट मुक्त हुनका लागि सो पूजा गरिने गरेको चिनियाँ लामा बज्र लामाले बताए ।

डेढ बर्ष अघि गएको विनाशकारी भूकम्पले क्षति भएको बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि विशेष पूजा गरिएको हो । बौद्ध धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको शुद्धीकरणका लागि विधिविधानपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ सम्पन्न गरेका छन् । करिब छ सय लामा गुरुको सहभागितामा उक्त पूजा सम्पन्न भएको छ ।

बौद्धनाथ स्तुपको निर्माणसँगै स्तुपलाई हेर्ने र दर्शन गर्नेहरूको भिड बौद्धमा ह्वातै बढेको छ । बौद्धनाथ क्षेत्र विकास समितिले करिब २३ करोड रुपैयाँमा बौद्धनाथ स्तुपको जिर्णोद्धार गरिएको बताएको छ । नवजीवन पाएको बौद्ध स्तुपालाई तीन दिन लगाएर बौद्ध धर्मगुरुहरुले शद्धीकरण पूजा गरिसकेका छन् । अब यो सम्पदा धार्मिक र आध्यात्मिक धरोहरका रुपमा मात्रै हैन, द्रुत पुनर्निर्माणको एउटा नमूनाका रुपमा खडा भएको छ । बौद्ध पर्यटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा रहेको बौद्ध स्तुपको जिर्णोद्धारसँगै महत्व झन बढेको छ ।

Lama Puja

विशेष