मनोरञ्जन

यी नायक मांसहारी भए, फिल्मकै कारणले

यी नायक मांसहारी भए, फिल्मकै कारणले

pradipमंसिर ६ । प्रेमगीतबाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्का मांसाहारी भएका छन् ।

१२ वर्षअघि उनले माछामासु छाडेका थिए । नयाँ चलचित्र प्रेमगीत–२ का निर्माता सन्तोष सेनलले ज्यान बलियो बनाउन आग्रह गरेपछि उनले माछामासु पुन शुरु गरेका हुन् ।

प्रेमगीत अघि पनि प्रदीपले ‘द स्केप’ र ‘ठूलो मान्छे’ नामक चलचित्रमा पनि काम गरे । तर उनलाई चर्चामा भने प्रेमगीतले ल्यायो । प्रेमगीतपछि दर्जनौँ फिल्मको अवसर आएपनि ती सबै फिल्मलाई अस्विकार गरेर अहिले प्रदीप प्रेमगीतको सिक्वेलको सुटिङमा व्यस्त छन् ।

विशेष