समाज

कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

ramchandara मंसिर ६ । कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जाउँखमा दुर्घटनामा भएको छ । बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको हो । पौडेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

’जिप सडक छेउमा दुर्घटना भए पनि उहाँ सकुशल हुनुहुन्छ,’ एसपी भट्टराईले भने, ’उहाँलाई चोटपटक लागेको छैन । गाडीमा सामान्य क्षतिमात्र पुगेको छ ।’

दुर्घटनाग्रस्त जीप त्यहीँ छाडेर पौडेल अर्को गाडीमा जलेश्वर हिँडेका छन् । सदरमुकाम जलेश्वरमा पौडेलको कार्यकार्ता भेटघाट कार्यक्रम रहेको छ।

Ramchandra poudel

विशेष