खेल

एटीपी वल्ड टुरको उपाधी मुरेलाई

एटीपी वल्ड टुरको उपाधी मुरेलाई

मंसिर ६ । एटीपी वल्र्ड टुरको उपाधि शीर्ष बरियाताका एण्डी मुरेले जितेका छन् । लण्डनमा गएराती भएको फाईनलमा सर्बियन नोभाक जोकोभिचलाई ६–३ र ६–४ को सेटले हराउदै बेलायती मुरेले बर्षको अन्तिम उपाधि हात पारेका हुन् ।

२९ बर्षिय मुरेको यो पहिलो एटीपी वल्र्ड टुर उपाधि पनि हो । जितसँगै मुरेले बरियताको शीर्ष स्थानमा रहँदै यो वर्ष अन्त्य गरेका छन् । सर्बियन जोकोभिचलाई पछि पार्दै मुरे गत महिनामात्र बिश्व बरियताको शीर्ष स्थानमा उक्लिएका थिए । उनी पछिल्ला २४ खेलमा अपराजित छन् ।

sports

विशेष