खेल

इङल्याण्डको क्रिकेट इतिहासमा १ सय १० वर्ष यताकै ठूलो झट्का

इङल्याण्डको क्रिकेट इतिहासमा १ सय १० वर्ष यताकै ठूलो झट्का
englis-tour
मंसिर–६ । ५ टेस्टको दास्रो श्रृंखलामा इङल्याण्डले भारतलाई २ सय ४६ रनका साथ जीत सुम्पेको छ । पाँचौ दिनमा ८० रनको हाराहारीमा १० विकेट गुमाएपछि भारतले टेस्ट श्रृंखलामा १–० को अग्रता लिएको हो । इङल्याण्डले चौथो दिनमा २ विकेट गुमाएर ८७ रन बनाएपनि पाँचौ दिनमा भने ८ विकेट गुमाएर केवल ७१ रनमात्र जोड्न सक्यो । १ सय १० वर्षपछि इङल्याण्ड ८० रनको हाराहारीमा अल आउट भएको हो । कप्तान कुक र हसिब हमिदले पहिलो विकेटका लागि ५० दशमलव २ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि इङ्ल्यान्डले ४७ ओभरमा ८३ रन मात्र जोड्दै पुरै १० विकेट गुमाएको थियो । सन् १९०६ मा पनि ८० रन जोड्ने क्रममा दक्षिण अफ्रिकाविरूद्ध केप टाउनमा इङ्ल्यान्डले १० विकेट गुमाएको थियो । इङ्ल्यान्डलाई पराजित गर्न दोस्रो इनिङमा टेस्टमा ‘डेब्यु’ गरेका अफ स्पिनर जयन्त यादवले ३ र अश्विनले ३ विकेट लिए । त्यस्तै जडेजा र मोहम्मद सामीले २–२ विकेट लिए । भारतले दोस्रो टेस्टमा कप्तान विराट कोहलीको १ सय ६१ रनको शतकीय इनिङका कारण पहिलो इनिङमा ४ सय ५५ रन बनाएको थियो । चेतेश्वर पुजाराले पनि १ सय १९ रन बनाएका थिए । प्रत्युत्तरमा इङ्ल्यान्ड पहिलो इनिङमा २ सय ५५ रनमा अलआउट हुन पुग्यो । दोस्रो इनिङमा भारतले कप्तान कोहलीको ८१ रनको सहयोगले २ सय ४ रन बनाएको थियो । प्रत्युत्तरमा इङ्ल्यान्ड १ सय ५८ रनमै खुम्चिन पुग्यो ।
 

England VS India Test Match

विशेष