समाज

सांसद गुरुङद्वारा बढेकाे तवब, भत्ता भूकम्पपीडितलाई दिने घाेषणा

सांसद गुरुङद्वारा बढेकाे तवब, भत्ता भूकम्पपीडितलाई दिने घाेषणा
मंसिर - ६ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अाफ्नाे वृद्धि भएकाे तवब भत्ताका साथै सुविधा भूकम्पी पीडितलाई दिन अाग्रह गरेका छन् । सांसद गुरुङले आफ्नो वृद्धि भएको तलब, भत्ता साथै सुविधाका लागि प्राप्त हुने सबै रकम गत वर्ष आएको बैशाख १२ र २९ गते आएको विनासकारी भूकम्पपीडित राहत कोषमा जम्मा गरिदिन व्यवस्थापिका संसद सचिवालयलाई आग्रह गरेका हुन्। भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको र पुनर्निर्माणको काम अगाडि नबढेको, भूकम्प पीडितले राहत नपाएको यस्तो अवस्थामा आफूले बढेको तलब भत्ता नलिने सांसद गुरुङले बताएका हन् ।
https://twitter.com/dhanrgrg/status/800625049669468160

Dhanraj gurung

विशेष