प्रवास

३ वर्षको अवधीमा नवलपरासीका ८८ ज्यान गुमाए

३ वर्षको अवधीमा नवलपरासीका ८८ ज्यान गुमाए
मंसिर - ६ । नवलपरासीमा ३ वर्षको अबधीमा विदेशि भूमिमा ८८ जनाको ज्यान गएको एक तथ्याङकले देखाएको छ । नेपालमा रोजगारीको अबस्था राम्राे नभएकाले युवाहरु विदेशि भूमिमा जान बाध्य भएका छन् । शिक्षा अनुसारको रोजगार पाउन नसकेर विदेशीन बाध्य भएका हुन । विकट ठाउँका मानिसमा जनचेतनाको अभावले गर्दा पनि बढि मात्रामा विदेशीने गरेको सरोकारहरुलाहरुको भनाइ छ । नेपालबाट मेडिकल गरेर पास भएर बैदेशिक रोजगारमा पुगेका ४० बर्षभन्दा कम उमेरका युवाको विदेशी भूमिमा बढि मात्रामा ज्यान गएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतिका परामर्शदाता रञ्जना लम्सालले बताए । न्युन आर्थिक अबस्था भएका व्यक्तिहरु आफ्नो आर्थिक अबस्था सुधार गरि परिवारलाई खुसीयालि दिन भन्दै सुनौलो सपना बोकी बिदशी भूमिमा जाने गर्छन कतिपयले त सपना पुरा पनि गर्छन कतिपयको भने अलिकति खुसी पनि लुटिएको विभिन्न उदाहरणहरु हाम्रै समाजमा रहेका छन । ३ महिनाको अबधिमा नवलपरासीबाट १४ जनाले विदेशी भूमीमा ज्यान गुमाएका छन् । दाउन्ने पुर्वका ७ र दाउन्ने पश्चिमका ७ गरी १४ जनाको मृत्यु भएको हो । जसमध्ये साउदीमा ज्यान गुमाउनेको सङ्ख्या अधिक रहेको छ । ८ जनाले साउदी अरबको भूमीमा ज्यान गुमाएका छन् । पछिल्लो समय ज्यान गुमाउने सवै ४० वर्ष मुनीका युवा रहेका छन् । केहीको विदेश पुगेको एक हप्तामा नै ज्यान गएको छन् । विदेशमा ज्यान गुमाएका मध्ये ८ वटा शव नेपाल आईपुगेको छ भने ६ वटा अझै प्रक्रियामा नै रहेको जनाइएको छ । साउदीमा ज्यान गुमाएका नवलपरासी तम्सरीया ५ का खुईत प्रसाद महत्तोको शब ल्याउन कठिनाई भैरहेको छ । अब १ हत्तामा शव नेपाल आईपुग्ने जानकारी पिएनसीसी मार्फत सूचना केन्दले पाएको परियोजना संयोजक सितुराम सोतीले जानकारि दिए । त्यस्तै राकाचुली १ का वीरबहादुर सुनारको शव ल्याउन पनि कठिनाई परिरहेको जनाइएको छ । उनी साउदीको आवामा रहेको मताम अल मरासीम रेष्टुरेण्टमा हेल्परको काम गर्दथे । सुनार परिवारले शव ल्याउन सहयोग गरिदिन कावासोतीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिएको परामर्श दाता लम्सालले बताए । जिल्लामा परियोजना सञ्चालन भएदेखि (सन् २०१४ जुन) हालसम्म ८८ जनाको मृत्यु भएको र शव नेपाल ल्याईदिन सहयोगका लागि आग्रहसहितका निवेदन परेको जनाइएको छ । केन्द्रले सकेसम्म स्वदेशमा नै रोजगारी गर्न र वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्रै विदेश जान आग्रह समेत गरेको छ ।
- रबिन्द्र यादव/ कावासोती /नवलपरासी

Baideshik Rojgar nawalparshi

विशेष