खेल

कोस्टा सिजनको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा: चेल्सी विजयी

कोस्टा सिजनको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा: चेल्सी विजयी
dego-costa मंसिर - ६ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले मिडल्सबर्गलाई १–० गोल अन्तरले हराएको छ । जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । चेल्सी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो । कोस्टाले प्रिमियर लिगमा यो सिजन अहिलेसम्म १० गोल गरेका छन् । उनी यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छन् । चेल्सीको १२ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । ११ अंकसहित मिडल्सबर्ग भने १५ औं स्थानमा छ ।

English Primiar Eaeuge

विशेष