स्वास्थ्य

पिनास हुने कारण र यसका लक्षण

पिनास हुने कारण र यसका लक्षण

 

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुने गरेको छ ।

यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन् । पिनासको कारण साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पनि पिनास हुन्छ । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ । लगातार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको अवस्थामा लामो समयसम्म रहने हुन्छ ।

पिनासका लक्षणहरु:

नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने, –लगातार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने, –एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने, –टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने, गालातिर दुख्ने ।

भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ । एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । पिनासको उपचार पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ । 


 

common cold migraine

विशेष