प्रोफाइल

म्यान भर्सेस वाइल्डका सेनिमाटोग्राफर

म्यान भर्सेस वाइल्डका सेनिमाटोग्राफर
[caption id="attachment_40049" align="alignnone" width="736"]bear-grylls बियर ग्राइल्सका साथमा सिमोन रिए                               तस्बिर एजेन्सीबाट[/caption]
हामीले टेलिभिजनमा डिस्कभर च्यानल हेरेकै हुन्छौँ । रोचक र अनौठो त्यहाँ रोचकर र अनौठा घटनाहरुलाई देखाइन्छ । साथै जनावरहरुको बारेमा पनि विभिन्न जानकारी हामी यस्ता च्यानलहरुबाट पाउन सक्छौँ । त्यति मात्र नभई जङ्गल र मरुभूमि जहाँ कोही मानव जातिको बसोवास छैन त्यस्तो ठाउँमा मानिस गएर बसेको देख्दा झन् यी च्यानलहरुले ग्राहकलाई आकर्षित बनाउँछ । हामीले नसोचेको र डरलाग्दोमा ठाउँमा गएर कार्यक्रम सञ्चालन गर्ने व्यक्ति बसिरहेका हुन्छन् । अझ झन् एउटा चक्कुको भरमा आफूलाई सुत्न र खानको व्यवस्था मिलाउन पक्कै पनि गाह्रो छ । आफू रहेको ठाउँमा जे पाइन्छ त्यसलाई खाना बनाएर खाँदा झन् कति अनौठो । जनावर होस् या घाँसपात जे खान योग्य जस्तो भेटे त्यही नै खाएर बाचिरहेको हामीले देख्न सक्छौँ । कुनै अवस्थामा त जनावरहरुको सामना पनि गर्नुपर्ने हुन सक्छ । सायद यतिको कुरा खुल्दा तपाइँले अड्कल काटिसक्नु भएको होला कि हामीले बियर ग्राइल्सको कुरा गरिरहेका छौँ । हो, तपाईँले सोच्नु भएको ठिक हो । बियर ग्राइल्स बस्न असम्भव लाग्ने ठाउँमा गएर बसिदिन्छन, जुन जनावर वा कन्दमुल भेटे त्यही खाइदिन्छन् । उनी निकै बहादुरीका साथ हरेक परिस्थितिमा बाँच्न सक्छन् । उनको बारेमा त हामी सबैलाई धेरै थोरै जानकारी छदै छ । तर, उनको त्यो कार्यक्रमलाई हामी समक्ष पुर्याउन भिडियोग्राफी भने कसले गर्छन् त ? त्यस्तो अफ्ठ्यारो परिस्थितिमा पनि भिडियोग्राफी कसले गर्छन र कसरी गर्छन होला ? पक्कै पनि उनी पनि ग्राइल्स भन्दा कम हुन सक्दैनन् । [caption id="attachment_40051" align="alignnone" width="648"]simon-reay सिमोन रिए                                                तस्बिर एजेन्सीबाट[/caption]
उनी हुन् सिमोन् रिए । सिनेमाटोग्राफरको रुपमा काम गरिरहेका उनी ब्रिटिस नागरिक हुन् । ग्राइलसँग हेलिकप्टरबाट हामफाल्ने, चट्टानहरुमा चढ्ने, ज्वालामुखिको नजिक हिड्नेलगायत उनका सहकर्मीहरु हरेक ठाउँमा जान्छन्, र रेए हर समय उनीसँगै हुन्छन् । उनको सिनेमाटोग्राफि जीवनको सुरुवात टेलिटब्बिजमा क्यामेरा अपरेटरबाट भएको थियो । त्यसपश्चात उनले विभिन्न डकुमेन्ट्रि, नाटक र कर्मशियलमा काम गरे । तर म्यान भर्सेस वाइल्ड भने उनले सबैभन्दा लामो समयसम्म गरेको काम हो । रेएले बियर ग्राइल्सका म्यान भर्सेस वाइल्डका ६ श्रृंखलाको भिडियोग्राफी गरे । उनलाई फोटोग्राफीको डिरेक्टरको रुपमा पनि चिनिन्छ । उनले वातावरण र भौगोलिक अवस्थाअनुसार क्यामेरालाई पूर्ण व्यवस्थित गरेर लाने गरेका छन् । त्यसैले उनले पानि भित्र पनि भिडियो खिच्न सक्छन् । त्यस्तै उनले प्रयोग गर्ने क्यामेरालाई सानोतिनो ठक्करले पनि कुनै असर गर्दैन । उनी हर समय उत्कृष्ट तरिकाले भिडियो खिच्न तयार हुन्छन् । उनले आफू जस्तो सुकै परिस्थितिमा रहेपनि फोटो र सिनेमाग्राफीमा आफ्नो ध्यान केन्द्रीत रहने बताउँछन् । उनले आफूले खिचेको हरेक श्रृंखला हेर्ने गर्छन् र त्यसबाट दर्शकलाई रोमाञ्चक बनाउन चाहन्छन् । ‘हामीलाई उनले खिचेको श्रृंखला हेर्दा आफू बियर ग्राइलसँगै रहेको जस्तो अनूभुतिपनि हुन्छ । ब्यालेन्स र हरेक समयलाई ओगटेर ग्राहकलाई रोमाञ्चक तुल्याउने उनको पहिलो प्राथमिकता रहेको छ । त्यसैले त हामीले ग्राइल्सले गरेका हरेक गतिविधि सजिलोसँग देख्न र बुझ्न सक्छौँ ।’ उनले एक अन्तरवार्तामा भनेका छन् । उनका बारेमा थुप्रै साहसिक कुराहरु सुन्न पाइन्छ । आफूले खिच्ने भिडियोका लागि र श्रृंखलाको उत्कृटताको लागि आफ्नो ज्यानको पर्वाह गर्दैनन् । त्यसैले पनि उनको यति चर्चा हुने गर्छ । उनले सिनेमाटोग्राफी गरेको म्यान भर्सेस वाइल्डको श्रृंखलाहरु २००६ देखि २०११ सम्म गरिएको थियो । उनले सन् २०१४ को जिटिसी अवार्डको दि ग्रान्ड नेश्नल जितेका छन् । प्रस्तुति: विश्व रिमाल
 

Bear Grylls Simon Reay

विशेष