समाज

माइक्रोबसको ठक्करले ट्याक्सी चालकको मृत्यु

माइक्रोबसको ठक्करले ट्याक्सी चालकको मृत्यु
मंसिर–६ । भक्तपुरको गठ्ठाघरमा बा१ज ९५३६ नम्बरकाे माइक्रोबसले बा २ ज १५४७ नम्बरकाे ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सी चालक भीमेश्वर नगरपालिका–३ दोलखाका ३३ वर्षीय दिनेश केसीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका प्रमुख वसन्त खातीले जानकारी दिएका छन्। दुर्घटनामा परेर माइक्रोबसमा सवार ८ जना घाइते भएकामा ४ जना उपचारपछि घर फर्केको र अन्य ४ जनाको नागरिक अस्पताल गठ्ठाघर र मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । माइक्रोबस चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Bhaktapur Death microbus taxi

विशेष