समाज

निर्वाचन आयोगमा राप्रपाको निवेदन दर्ता

निर्वाचन आयोगमा राप्रपाको निवेदन दर्ता
मंसिर–६ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ । पार्टीको ऐतिहासिक एकता घोषणालगत्तै निर्वाचन आयोगमा राप्रपालाई राजनीतिक दलका रुपमा मान्यताका लागि निवेदन गरिएको नेता किरण गिरीले जानकारी दिए । पार्टीको अन्तरिम विधानअनुसार एकीकृत राप्रपाको राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता गरी ३०० सदस्यीय कार्यसमिति रहेको प्रावधान छ । एकीकृत राप्रपाको एकता महाधिवेशन आगामी माघ महिनासम्ममा गर्ने नेताहरुबीच सहमति भएको बताइएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ शीर्ष नेता पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्द र डा‍‍. प्रकाशचन्द्र लोहनीले चक्रिय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी बोक्ने भद्र सहमतिअनुरुप आगामी माघ ११ पछि पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी भने महाधिवेशन नहुन्जेलसम्मका लागि डा लोहनीले सम्हाल्ने छन् । हाल पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा हुन् । रासस

maha adhibhesan nirbachan Raprapa

विशेष