समाज

२०१६ का प्रेरणादायी र प्रभावशाली १०० महिला

२०१६ का प्रेरणादायी र प्रभावशाली १०० महिला
मंसिर–६ । बीबीसीले संसारका विभिन्न स्थानका १०० जना प्रेरणादायी र प्रभावशाली ‘हन्ड्रेड विमिन’ अर्थात् १०० महिलाको सूची तयार पारेको छ । महिलाहरुले गरेका परिवर्तनकारी संघर्ष, महिलावादी आन्दोलनसंग सम्बद्ध समावेशीताका बारे बहस अनि संगीत, खेलकुद, राजनीतिका विश्व प्रसिद्ध नेतृहरुका साथै कमै सुनिने महिला स्वरहरुलाई पनि प्रस्तुत गरिनेछ । ’हन्ड्रेड विमिन’ श्रृंखलाको एउटा बहसबाट गरिनेछ जसमा के इन्टरनेट लिंगवादी छ ? भन्ने प्रश्न रहेको छ । विकिपिडिया संसारको सातौं सबैभन्दा लोकप्रिय वेबसाइट हो तर त्यसका १५ प्रतिशत सम्पादक मात्र महिला छन् र १५ प्रतिशत भन्दा कम मात्र त्यसमा उल्लेखनीय महिलाहरुका प्रोफाइलहरु छन् । त्यसैले बीबीसीले विकिडियासंगको सहकार्यमा १२ घण्टे विकिपिडिया सम्पादन लहरको आयोजना गर्दैछ । बीबीसीले एडीट–अ–थन भनिएको यो लहरका क्रममा बढीभन्दा बढी महिलाहरुलाई महिलाहरुबारेका लेख र प्रोफाईलहरु तयार पार्न र सम्पादन गर्न प्रेरित गर्न चाहेको बताएको छ । डिसेम्बर ८ तारिखका दिन बीबीसीले यो अभियानमा संलग्न हुन सबैलाई आग्रह गरेको छ । बीबीसीको वेबसाइटमा गएर विकिपिडिया कसरी सम्पादन गर्ने सिक्न सकिने र ह्याशट्याग #100womenwiki मा पनि सामेल हुन सकिनेछ ।

BBC wikipedia

विशेष