मनोरञ्जन

रजनीकान्तको यस्तो खुलाशा

रजनीकान्तको यस्तो खुलाशा
rajani-kantमंसिर – ७ । सुपरस्टार रजनीकान्तको सुपरहिट फिल्म २.० को हालै टिजर रिलिज भएको छ । फिल्मको टिजर लन्चमा रजनीकान्तले आफूलाई सलमानसँग काम गर्ने इच्छा भएको बताए । यस फिल्ममा बलिउड अभिनेता अक्षय कुमार पहिलो पटक भिलेनको रोलमा देखा पर्दै छन् । फिल्ममा राक्षसको रुपमा देखा पर्न लागेका अक्षयको नाम ‘द क्रो’ हो । उक्त रक्षससँग रोबोट बनेका रजनीकान्तले सामना गर्छन् । फिल्म २.० को लन्चमा रजनीकान्त, सलमान खान, करण जोहर, एमी ज्याक्सन र अक्षय कुमारजस्ता बलिउड कलाकारको उपस्थिती रहेको थियो । उक्त फिल्मको टिजर लन्चमा पुगेका सलमान खानले भने, ‘मलाई आजको यो विशेष कार्यक्रममा बोलाइएको थिएन तैपनि यहाँ आउनबाट मैले आफैलाई रोक्न सकिन । त्यसकारण निमन्त्रणा नै नभएपनि आएँ ।’ सलमानको अनुसार रजनीकान्तसँग उनको भेट वासरुममा भएको थियो । त्यतिबेला रजनिकान्तले सलमानलाई उनको आइकनीक सिगरेट एक्टको बारेमा सोधेका थिए । रजनीकान्तले जब सलमानलाई ब्याकस्टेज उक्त एक्ट गरेर देखाएसलमान दंग परेका थिए । फिल्मको टिजर लन्चको अवसरमा रजनीकान्तले आफूलाई सलमानसँग काम गर्ने इच्छा भएको बताए । उनले भने, ‘यदि सलमान चान्छन् भने, म उनीसँग तुरुन्तै काम गर्न तयार छु ।’ उक्त फिल्म सन् २०१० मा शंकर निर्देशित फिल्म रोबोटको सिक्वेल हो । फिल्मका निर्देशक शंकरले उक्त फिल्म हलिउड स्तरको फिल्म भएको बताउँदै भने, ‘पछि पनि यो सिरिजको फिल्म ३.०, ४.० को नामबाट बन्छ ।’ — एजेन्सी

akshya kumar Rajani Kanta salman khan

विशेष