खेल

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट

साफ च्याम्यिनसिपका लागि महिला खेलाडी छनोट
anfa मंसिर - ७। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडीे छनोट गरेका छन । प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले ७२ जना खेलाडीबाट पहिलो चरणमा ४२ खेलाडी छनोट गरिएको एन्फाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा छनोट भएका ४२ खेलाडीमध्ये ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ । आगामी डिसेम्बर २६ तारिखदेखि हुने उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । त्यस्तै नेपालकै समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । पाकिस्तानमा भएको तेस्रो चरणको साफ च्याम्पियनसीपमा नेपाल उपबिजेता बनेको थियो ।

Nepali Woman Nepali woman cricket

विशेष