देश

एमालेका नेता पौडेलले गरे दुई ठुला मार्गको शिल्यान्यास

एमालेका नेता पौडेलले गरे दुई ठुला मार्गको शिल्यान्यास
मंसिर - ७ । नेकपा एमालेका नेता विष्णु पौडेलले बुटवल क्षेत्रमा निर्माण हुने दुई ठूला मार्गको मंगलबार एक समारोहबीच शिल्यान्यास गरे।शिल्यान्यास हुनेमा बेलबास–बेथरी पर्यटन सडक र बेलबास–नुवाकोट–झुम्सा शान्तिमार्ग रहेका छन् । मुलुककै नमुना सडकको रुपमा परिकल्पना गरिएका दुबै सडक चार लेनको हुने जनाइएको छ । बुटवलको बेलबास झोलुङगेपुल चोकदेखि भैरहवा लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडक दुई चरणमा निर्माण हुने डिभिजन सडक कार्यालयका इन्जिनियर जयलाल मरासिनीले बताए। पहिलो चरणमा ११ किलोमिटर र दोस्रो चरणमा १० किलोमिटर सडक बन्नेछ । पहिलो चरणअन्तर्गत रु ६० करोड ९१ लाख ९० हजार तीन सय ४३ तथा दोस्रो चरणअन्तर्गत रु ६८ करोड ६५ लाख ६९ हजार ३१० बजेट विनियोजन भएको इन्जिनियर मरासिनीले बताए। यो सडकको निर्माण कार्य ०७६ साल साउनसम्म र रु १२ करोड ९३ लाख २२ हजार १२७ को लागतमा निर्माण हुने बेलबास–नुवाकोट, झुम्सा सडक (शान्तिमार्ग) ०७५ साल साउन १५ गते सम्ममा सम्पन्न गर्ने योजना छ । डिभिजन सडक कार्यालयका प्रमुख मेघराज मरासनीले यो दुबै सडकको निर्माण कार्य सम्पन्न भएपछि रुपन्देही जिल्ला समृद्धिको बाटोमा उन्मुख हुने बताए।

bishnu paudel

विशेष