मनोरञ्जन

बाहुबली –२ को फुटेज लिक भएलगत्तै भयो भाइरल

बाहुबली –२ को फुटेज लिक भएलगत्तै भयो भाइरल

bahubali

एजेन्सी — फिल्म बाहुबली २ को केही फुटेज चोरी भई युट्युबमा भाइरल भएपछि फिल्मका निर्माताले हैदरावाद प्रहरीमा उजुरी गरेका छन् । ग्राफिक डिजाइनरमाथि निर्माता सोभानाद्रीले साइबर क्राइमको उजुरी गरेको भारतीय मिडियाले जनाएका छन् । बाहुबली २ सन् २०१५ मा प्रदर्शनीमा आएको ब्लकबस्टर फिल्म बाहुबलीको सिक्वेल हो ।

मंगलबार फिल्मका निर्माता सोभानाद्रीले युटुबमा बाहुबली २ को केही फुटेज देखेपछि उनले आफ्नो टिमलाई यो कसरी भयो भन्ने कुरा पत्ता लगाउन अह्राएका थिए ।

करिब पाँचमिनेटको उक्त भिडियोको फुटेज हेरेपछि फिल्मका निर्माताले यस्तो काम अन्नपूर्ण स्टुडियाबाटै हुन सक्ने अनुमान लगाए । किनभने फिल्मको १२ मिनेटको फुटेज उक्त स्टुडियोलाई डिजाइनको लागि दिइएको थियो ।

खोजी गर्दै जाँदा अन्नपूर्ण स्टुडियोमा काम सिक्दै गरेका २५ वर्षीय  कृष्ण दयानन्द नाम गरेका व्यक्तिले उक्त फुटेज एसीपी साइबर क्राइम नाम गरेको सर्भरबाट लग इन गरेको पाइयो ।

त्यसपछि बाहुबली २ को टोली टोलीचोकीस्थित कृष्ण दयानन्दको घर पुग्यो । घर पुगेर कृष्णकै उपस्थितीमा कृष्णको कम्प्युुटर खोलेर हेरियो । फिल्मका निर्माताअनुसार कृष्णको कम्प्युटरमा बाहुबली २ को करिब नौ मिनेटको जम्मा दुइवटा भिडियो भेटियो । कृष्णले भने ‘मेरा साथीहरु ऐश्वर्या र अखिलले सोमबार वाट्सएपबाट भिडियो सेयर गरेका थिए ।’

अन्त्यमा कृष्णले आफूले स्टुडियोको कम्प्युटरबाट करिब ६ मिनेटको भिडियो फुटेज आफ्नो पेनड्राइभमा हालेको बताए ।

विशेष