Technology

आधुनिक प्रविधि बढेसँगै हुलाक सेवाको प्रयोग घट्यो

आधुनिक प्रविधि बढेसँगै हुलाक सेवाको प्रयोग घट्यो
hulak1
कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा रहेका मानिससम्म पु¥याउन भरपर्दो माध्यमका रुपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ । आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हुदैँ गएको हो । देशभरका कुनाकुनामा पुगेको हुलाक सेवाका माध्यमबाट देश विदेशसम्म रहेका आफ्ना आफन्तलाई हालखबर पु¥याउन हुलाक सेवा भरपर्दो माध्यमको रुपमा रहेको छ । हुलाक सेवा विभागका निर्देशक राजन पौडेल पनि आधुनिक प्रविधिले प्रभूत्व जमाउन थालेपछि पहिलेको जस्तो हुलाकबाट पत्र पठाउने चलन हराएको बताउँछन् । अहिले हरेक मानिसका हातहातमा आधुनिक मोबाइल फोन छन् । देश विदेशसम्म कुरा गर्न सहज भएको छ । हरेक दिन फोनमा भिडियो च्याट गर्दै कुरा गर्ने सुविधा छ । जसका कारण गाउँघरको हालखबर पनि सजिलै थाहा पाउन सकिन्छ । पहिले श्रीमान् विदेश हँुदा चिठीका माध्यमबाट हालखबर पु¥याउने बर्दिया हाल पेप्सीखोला काठमाडौँ बस्ने शारदा खड्का पनि आजभोलि मोबाइल, भाइवरका माध्यमबाट कुरा गर्छिन् । पहिले महिनौसम्म कुरा नहुने उनी अहिले दिनमै तीन, चार पटकसम्म कुरा गर्छिन् । उनी भन्छिन्, ‘‘पहिले पो चिठी पुग्न निकै समय लाग्थ्यो । अनि महिनौँ खबर थाहा हुन्नथ्यो । अहिले त इन्टरनेटमा सित्तैमा कुरा गर्न सकिन्छ । अनि किन चिठी लेख्ने ?’’ गोरखाकी ७९ वर्षींया माकुरी न्यौपाने पनि अहिले मोबाइलबाटै विदेशमा रहेका छोरानातिसँग कुरा गर्छिन् । उपचारका लागि काठमाडौँ आएकी उनले पहिलेपहिले गाउँमा पढेलेखेलाई चिठी लेख्न लगाउथिन् । उताबाट आएको चिठी पनि अरुले नै पढिदिन्थे । उनी भन्छिन्, ‘‘अहिले त मोबाइल दिएका छन् । फोन आयो भने हरियो बटन दबाएर उठाउनु भनेका छन् । त्यसै गर्छु र कुरा गर्छु । आफूले गर्न त जान्दिन । डायरीमा नाम नम्बर लेखिदिएका छन्, जान्नेलाई डायल गरी दिन भनेर कुरा गर्ने गरेकी छु । चिठी नलेखाएको त वषौँ भयो नि ।’’ उनले पहिलेजस्तो खबर थाहा पाउन महिनौँ कुनुपर्ने बाध्यता टरेको बताइन् । अहिले देभभर इलाका र अतिरिक्त गरी ८५० हुलाक सेवा सञ्चालित छन् । यहाँका कर्मचारी पनि अहिले काम विहीन भएर बसेका छन् । गाउँगाउँसम्म पनि अहिले मोबाइलको पहुँच पुगिसकेको अवस्थामा हुलाक सेवालाई आधुनिक प्रविधिसँग मिलाएर लैजानुपर्ने आवश्यकता विभागले पनि महसुस गरेको बताउँछन् निर्देशक पौडेल ।

विशेष