खेल

खेल एक कीर्तिमान अनेक

खेल एक कीर्तिमान अनेक
मंसिर–८ । च्याम्पियन्स लिगमा दुई प्रतिद्वन्दी टोलीबाट एकै खेलमा १२ गोल गर्दै नयाँ कीर्तिमान बनेको छ । समूह ‘एफ’ अन्तर्गत मंगलबार भएको खेलमा बोरुसिया डर्टमण्डविरुद्ध लेगिया वार्सा मैदानमा उत्रिदाँ यो कीर्तिमान बनाएका हुन् । च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा यो सबैभन्दा धेरै गोल हो । उक्त खेलमा बोरुसिया ८–४ ले विजयी भएको छ । यसअघिको कीर्तिमान सन् २००३ मा भएको ११ गोलको थियो जसमा मोनाकोले ला कोरुनालाई ८–३ ले हराएको थियो । बोरुसिया र लेगिया वार्साको खेलमा पहिलो २२ मिनेटमै ७ गोल भयो । पहिलो हाफमा बोरुसियाले ५–२ को अग्रता लिएको थियो भने दोस्रो हाफमा बोरुसियाले थप ३ गोल गर्याे भने लेगिया वार्साले २ गोल मात्र थप्न सफल रह्यो । च्याम्पियन्स लिगमा लेगिया वार्सा ४ गोल गरेर पनि पराजित हुने पहिलो टिम बनेको छ । यो खेलमा दुवै क्लबका गरी ८ खेलाडीले गोल गरे । च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा ८ खेलाडीले गोल गरेको यो पहिलो पटक हो ।यसका साथै एउटा टोलीलाई एक सिजन क्यापियनमा १४ गोलले हराउने बोरुसिया पहिलो टिम बनेको छ । यस्तै बोरुसिया च्याम्पियन्स लिगको खेलमा ८ गोल गर्ने चौथो टिम बनेको छ । यसअघि मोनाकोले सन् २००३ मा डिप्रोटिभो ला कोरुनालाई ८–३, सन् २००७ मा लिभरपुलले बेसिक्टासलाई ८–० तथा सन् २०१५ मा रियल मड्रिडले माल्मोलाई ८–० ले हराएको थियो । –एजेन्सीको सहयोगमा

borussia dortmund Champions League legia warsaw

विशेष